स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। तर स्थानीय सरकारका गतिविधि, विकास बजेटको उपयोगिता र नागरिक सहभागिताको यथार्थ चित्रण खोजमूलक पत्रकारितामार्फत मात्र बाहिर आउन सक्छ। बर्दिबास र समग्र महोत्तरीमा खोज पत्रकारितालाई संस्थागत गर्नुपर्ने आवश्यकता छ।
तथ्य र प्रमाणमा आधारित रिपोर्टिङले नै नागरिकलाई सशक्त बनाउँछ र लोकतन्त्रलाई बलियो बनाउँछ।