बर्दिबास, महोत्तरी — बर्दिबास नगर पत्रकार सञ्जालको विशेष भेलाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिले स्थानीय स्तरमा पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा र व्यावसायिक पत्रकारिता प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिने निर्णय गरेको छ।
भेलालाई सम्बोधन गर्दै वक्ताहरूले बर्दिबास नगर क्षेत्रमा पत्रकारिताको विकास र सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सञ्जालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए।