बर्दिबास — महोत्तरी जिल्लाको उत्तरी भागमा अवस्थित बर्दिबास नगरपालिका प्राकृतिक र धार्मिक दृष्टिकोणले समृद्ध छ। यहाँको पञ्चधुरा माइस्थान क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।
यस्ता ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार र संरक्षणमा स्थानीय सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।