समाचार संकलनका क्रममा बर्दिबासमा पत्रकारमाथि भएको दुर्व्यवहार र धम्कीको घटनाप्रति बर्दिबास नगर पत्रकार सञ्जालको गम्भीर ध्यानाकर्षण भएको छ। स्वतन्त्र रूपमा सूचना संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि हस्तक्षेप स्वीकार्य छैन। दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गर्दछौं।